काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै, अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३४ पैसा र बिक्री दर १३२ रुपैयाँ ९४ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ६४ पैसा र बिक्री दर १४४ रुपैयाँ २९ पैसा रहेको छ।
आज बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ८९ पैसा र बिक्री दर १६८ रुपैयाँ ६५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।