काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले रुग्ण र अलपत्र पारिएका विकास योजनाको काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यका साथ आइतबारदेखि दुई महिने ‘राष्ट्रव्यापी दबाब अभियान’ संचालन गर्ने भएको छ । आइतबार बिहान दश बजे मेलम्ची बजारबाट पार्टी सभापति रवि लामछिानेले अभियान सुरु गर्ने कार्यक्रम रहेको छ ।
दुई महिने अभियानमा प्रत्येक प्रदेशबाट ३/३ वटा योजना छनोट गरी २१ योजनामा दबाब दिने अभियानको सुरुवात रास्वपाबाट प्रतिनिधित्व गर्ने सबै सांसद र पार्टीका केन्द्रीय पदाधिकारी/सदस्यको उपस्थिति रहने रास्वपाले जनाएको छ ।
विकासका मुद्दा कुनै दल विशेषको नभई देश र जनताको हुने भएकाले इच्छुक सबैको सहभागिताका लागि रास्वपाले आग्रह गरेको छ । रास्वपाले ‘राष्ट्रव्यापी दबाब अभियान’मा क्रममा पार्टीको झण्डा र चुनाव चिन्ह प्रयोग नगर्ने निर्णय गरेको छ ।