काठमाडौँ । सरकारले हुलाक सेवामा रहेका १ हजार ६ सय ३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले एक हुलाक नीतिलाई कार्यान्वयन गर्ने गरी उक्त दरबन्दी खारेज गरेको हो ।
‘एक पालिका एक हुलाक कायम गर्ने गरी हुलाकको संगठनसंरचना परिवर्तन गर्ने भन्ने निर्णय भयो । त्यसअनुसार केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन तथा फिलाटेलिक कार्यालय खारेज गर्ने र हुलाक अन्तर्गतका एक पालिका एक हुलाक नीतिलाई कार्यान्वयन गर्ने र एक हजार तीन सय ३६ दरबन्दी खारेज गर्ने निर्णय भएको छ,’– सञ्चार तथा सूचना प्रविधि मन्त्री एव सरकारकी प्रवक्ता रेखा शर्माले बताईन् ।
साथै, गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण (पहिलो संशोधन) निर्देशिका २०८० स्वीकृत गर्ने र रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, पूर्वाधार तयार विकास समिति गठन आदेश २०८० बमोजिम अध्यक्षमा महोत्तरीका डा. परशुराम मिश्रलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।