बाँसबारी छाला जुत्ता उद्योगको जग्गा हडपेको आरोपमा व्यवसायी अरुण चौधरी पक्राउ



काठमाडौं । बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् ।

‘बाँसबारी छाला जुत्ता’ उद्योगको जग्गा प्रकरणमा उनलाई पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ ।


चौधरीलाई निवासबाटै पक्राउ गरिएको हो । सीआईबी स्रोतका अनुसार चौधरीसँगै अजितनारायण थापालाई पनि पक्राउ गरिएको छ।