पाल्पाका एक किशोरको खोलामा डुबेर मृत्यु



रुपन्देही । देवदह नगरपालिका–१० चरङगेस्थित त्रिशुली खोलामा डुबेर तिलोत्तमा नगरपालिका–४ सुनौलोनगर बस्ने पाल्पा रैनादेबी गाउँपालिका–५ घर भएका १७ वर्षीय सिलज रायमाझीको मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले मृतकसँगै पौडी खेल्न गएका ५ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।