निषेधित क्षेत्र तोड्न राजेन्द्र महतोको अगुवामा काठमाडौंमा प्रदर्शन



काठमाडौं । लोतान्त्रिक समाजवादी पार्टी परित्याग गरी राष्ट्रिय मुक्ति क्रान्ति नामक अभियान घोषणा गरेका राजेन्द्र महतोको अगुवामा बुधबार काठमाडौंमा प्रदर्शन भएको छ । डिल्लीबजार चारखालबाट सुरु भएको प्रदर्शनमा प्रदर्शनकारीहरु माइतीघरतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो।

उनीहरुले निषेधित क्षेत्र तोड्न प्रदर्शन गरेका हुन् । प्रहरीले रोक्न खोजेपछि केहीबेर दुई पक्षबीच घम्साघम्सी भएको थियो । त्यसपछि आन्दोलनकारीले भद्रकालीमै बसेर नाराबाजी र प्रदर्शन गरेका थिए ।