जापान पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ



काठमाडाैँ । जापान पठाइदिन्छु भन्दै दुई लाख ठगी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–२६ सामाखुशी बस्ने गोरखा पालुङटार नगरपालिका–१ घर भएका ३० वर्षीय भरत भट्टराईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भरतले एक जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाई होटलमा मासिक एक लाख ७० हजार तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी उक्त रकम ठगी गरेकाले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ समाखुशीबाट पक्राउ गरेको हो ।


उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।