काठमाडौं । नेकपा एमालेले त्रिभुवन विश्वविद्यालयको उपकुलपति राजनीतिक भागबन्डाकै आधारमा नियुक्ति गरेको आरोप लगाएको छ । एमाले महासचिव शंकर पोखरेलले उपकुलपति नियुक्तिमा खुला आवेदन र प्रतिस्पर्धा भनिएपनि त्यो नाटक मात्र भएको बताएका हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको अध्यक्षतामा गठित छनोट समितिले सिफारिस गरेका ३ जनामध्ये बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रा.डा. केशरजंग बराललाई त्रिविको उपकुलपतिमा नियुक्त गरेपछि एमालेको यस्तो प्रतिक्रिया आएको हो ।
महासचिव पोखरेलले भनेका छन्, ‘उपकुलपति नियुक्तिमा भागवण्डा नै गर्नु थियो भने खुला आवेदन र प्रतिस्पर्धाको नाटक मंचन नगरेकै भए हुन्थ्यो । अनि आफूले विश्वास गरेको नेतृत्व छान्दा विगतका असफल र विवादास्पद मान्छे नछानेको भए हुन्थ्यो । विद्यार्थीको विदेश पलायनता रोक्नुपर्ने समयमा विश्वविद्यालयमा नेतृत्व चयनमा सरकारको कदम ’काशी जानु कुतीको वाटो’ जस्तो देखियो ।’