देशको बढ्दो नौसैनिक क्षमताहरू प्रदर्शन गर्दै बन्दर अब्बासमा आयोजित समारोहमा स्वदेशमै निर्मित दुई वटा युद्धपोत अनावरण गरिएको छ । स्वर्गीय इरानी कमाण्डर कासिम सुलेमानीलाई सम्मान गर्दै शाहिद बाकेरी र शाहिद सय्यद शिराजी नामका दिई जहाज इस्लामिक रिभोलुसन गार्ड्स कोर नौसेनाले सार्वजनिक गरेको हो ।
नौसेना कमाण्डर अलिरेजा ताङ्सिरीले दिएको जनाकारी अनुसार ती जहाजहरू पूर्ण रूपमा इरानीहरूले डिजाइन गरेका हुन् । जसको लम्बाइ ६७ मिटर छ भने स्टेल्थ टेक्नोलोजी र हतियारहरूले सुसज्जित छ ।
ती जहाजमा घरेलु रूपमा उत्पादन गरिएको लामो दूरीको र मध्यम दूरीको नवभाब एयर डिफेन्स मिसाइलहरू जडान गरिएका छन् । ट्याङ्सिरीले ९ हजार ५ सय किलोमिटरसम्म यात्रा गर्न सक्ने दाबी गरिएको छ । चार वटा इन्जिनद्वारा सञ्चालित जहाले तीनवटा हल्का रकेट पोतहरू समेत बोक्न क्षमताको रहेको बताइएको छ ।