अरुण चौधरीलाई चार दिन हिरासतमा राख्न अनुमति



काठमाडौं । जिल्ला अदालत काठमाडौंले सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । 

अब चौधरीलाई सीआईबीले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्नेछ ।


केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उद्योगपति तथा सिजी होल्डिङ्सका अध्यक्ष चौधरीलाई आजै पक्राउ गरेको थियो ।

बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले चौधरीलाई काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको थियो ।

सीआईबी प्रमुख किरण बज्राचार्यका अनुसार उनलाई सीआईबीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

चौधरीसँगै मिलेमतोमा जग्गा हिनामिना गरेको आरोपमा अजितनारायण सिंह थापा पनि पक्राउ परेका छन् । थापालाई बत्तीसपुतलीस्थित निवासबाटै पक्राउ गरिएको हो ।