सुनिल र विकल पौडेललाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं । गैरकानूनी सम्पत्तिआर्जन गरेको उजुरीको अनुसन्धानमा पक्राउ परेका विकल पौडेल र सुनिल पौडेललाई विशेष अदालतले थप १० दिन थुनामा राख्न अनुमति दिएको छ ।

म्याद थपका लागि बुधबार विशेष अदालतमा पेश भएकोमा थप १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति भएको हो । दुवैजना गत १० माघमा पक्राउ परेका थिए ।


उनीहरुमाथि अख्तियारले गैरकानूनी सम्पत्ति आर्जनको अनुसन्धान भएको थियो । सो अनुसन्धानको लागि बयानका लागि बोलाउदा हाजिर नभएपछि अख्तियारले उनीहरुलाई पक्राउ गरेको थियो ।