सीतापाइलामा तीनजनाको हत्या, श्रीमान पनि झुण्डिएको अवस्थामा मृत फेला



काठमाडौँ । काठमाडौंको सीतापाइलामा तीनजनाको हत्यामा संलग्न रहेको आशंका गरेका व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । तीन जना मृत भेटिएको केहीबेरमा एक पुरुष पनि झुन्डिएको अवस्थामा मृत परेका हुन् ।

बुधबार बिहान सीतापाइलामा ओखलढुंगा सीतापाइलामा डेरा गरी बस्ने ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी शिवानी श्रेष्ठ मृत फेला परेका थिए । उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक पुरुषको शव झुन्डिएको अवस्थामा फेला पारेको हो ।


तीन जनाको शव भेटिएको भन्दा केही पर सोलुखुम्बुका राजु घिमिरे भन्ने राजु विश्वकर्मा झुण्डिएको अवस्थामा मृत फेला परेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनले तीन जनाको हत्या गरी आत्महत्या गरेको प्रहरीको अनुमान छ । अहिले घटनास्थलमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली अनुसन्धानका लागि खटिएको छ ।