सरकारले ०८१ सालमा ३५ दिन सार्वजनिक विदा दिने



काठमाडौं । गृह मन्त्रालयले २०८१ सालमा दिने सार्वजनिक विदाको सूची तयार गरेको छ ।

२०८१ सालमा ३५ दिन सार्वजनिक विदा दिने भएको छ । जसअनुसार २७ दिन पर्व विदा परेको छ भने छ वटा दिवस र दुई दिन जन्मजयन्ती विदा रहेको छ ।


०८१ सालमा जनयुद्ध दिवसको विदा खारेज भएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेदेखि सुरु भएको पृथ्वी जयन्तीको विदालाई भने निरन्तरता दिइएको छ ।

https://drive.google.com/file/d/1fegHJw_Ojuc8s1YbswTPnP9yzOxjFmGt/preview