श्रीलङ्काले वित्तीय क्षेत्र सुरक्षा नेट सुदृढीकरण परियोजनालाई आर्थिक सहयोग गर्न विश्व बैंकबाट १५ करोड अमेरिकी डलर ऋण लिने भएको छ । अर्थ मन्त्रालयले जनाए अनुसार यो परियोजना विशेष गरी केन्द्रीय बैंकद्वारा प्रबन्धित श्रीलङ्का निक्षेप बीमा योजनामा केन्द्रित हुने बताएको छ ।
यस परियोजनाले प्रभावकारी निक्षेप बीमा योजनाका लागि अन्तरराष्ट्रिय उत्कृष्ट अभ्यासहरू अनुरूप वित्तीय र संस्थागत क्षमतालाई सुदृढ गर्ने लक्ष्य राखेको बताइएको छ । मन्त्रालयले जनाए अनुसार यसले रिजर्भ पनि बढाउनेछ जसले गर्दा भुक्तानी र बैंक रिजोलुसनका दायित्वहरू पूरा गर्न र वित्तीय प्रणालीमा जनताको विश्वास पनि बढ्ने छ ।