शहरी र ग्रामीण क्षेत्रको सन्तुलित विकासलाई प्रवद्र्धन गर्ने मङ्गोलियाका प्रधानमन्त्रीको प्रतिबद्धता



मंगोलियाले शहरी र ग्रामीण विकासलाई सन्तुलनमा राख्न आफ्नो क्षेत्रीय विकासलाई प्राथमिकता दिइने प्रधानमन्त्री लुभ्सन्नमस्राई ओयुन–एर्डेनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

मंगोलियाली सरकारले सन् २०२४ लाई क्षेत्रीय विकासलाई सहयोग गर्ने वर्ष घोषणा गरेको छ । देशको अर्थतन्त्रलाई विविधीकरण गर्न आधारभूत विषयहरूमा ध्यान दिनु आवश्यक रहेको उनले बताए ।


देशको ३५ लाख जनसङ्ख्या राजधानी उलान बतारमा बसोबास गर्छन् जसले देशको कुल जमिनको शून्य दशमलव ३ प्रतिशत मात्र ओगटेको छ । यसको परिणामस्वरूप राजधानीले वायु प्रदूषण, ट्राफिक जामजस्ता थुप्रै समस्या झेल्नु परेको छ ।

अर्थतन्त्र धरापमा परेको र आय असमानता पनि बढेको छ । यसै सन्दर्भमा उलान बतारका धेरै समस्याहरू समाधान गर्न शहरी र ग्रामीण विकासलाई सन्तुलनमा राख्नुपर्ने प्रधानमन्त्रीको धारणा छ ।