शंकर पोखरेल सवार गाडी दुर्घटना: पद्माको हात फ्याक्चर, अरु सकुशल



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल सवार गाडी दुर्घटनामा परेको छ । शनिबार म १ च ३६९ नम्बरको स्र्कपियो जीप दैलेख जानेक्रममा दुर्घटना परेको हो।

गाडी शनिवार दुर्घटना भएको थियो । त्यसक्रममा कर्णाली प्रदेश कमिटी उपसचिव पद्मा खड्को हात फ्याक्चर भएको छ ।


गाडी पल्टिएपछि अर्को गाडीमा चढेर महासचिव पोखरेल दैलेख बजारमा जिल्ला अधिवेशन उद्घाटन गरेर काठमाडौं फर्किएको एमालेले जनाएको छ ।

हिजोको घटनालाई एमाले उपमहासचिव विष्णु रिमालले एउटा अकल्पनीय क्षति हुनबाट जोगिएको भयानक दुर्घटना भनेका छन् । उनले लेखेका छन् ‘हिजो दैलेख जानेक्रममा एमाले महासचिव शंकर पोख्रेल सवार जीप दुर्घटनामा पऱ्यो। यो डरलाग्दो दुर्घटनाबाट मानवीय क्षति भएको छैन। सबै सुरक्षित हुनुहुन्छ’ ।