रुस युक्रेनको अभ्डिभ्का सहर कब्जा गर्न खोज्दै



रुसी गोलीबारी र घुसपैठको सामना गरिरहेको पूर्वी युक्रेनको अभ्डिभ्का सहरको केही भाग ‘गम्भीर’ स्थितिमा रहेको एक स्थानीय अधिकारीले बताएका छन् । रुसले अक्टोबरमा अभ्डिभ्कामाथि कब्जा गर्नका लागि नयाँ सिराबाट प्रयास गरेको छ ।

सहरको तीनतिरबाट सैनिकहरूले युक्रेनीहरूलाई फिर्ता पठाउन बाध्य गर्नका लागि लगातार तोपद्वारा हमला गरेका छन् । सहरका सैन्य प्रशासन प्रमुख भिटाली बरबासले रुसले सहरमा ठूलो मात्रामा सेना पठाइरहेको बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत बुधबार आफ्ना सैनिकहरूले सहरको बाहिरी क्षेत्रमा कब्जा गरेको र केही स्थानमा युक्रेनको सुरक्षा तोडेको बताएका थिए ।


रुसी सेनाले अभ्डिभ्काको उत्तर, पूर्व र दक्षिणका क्षेत्रमा नियन्त्रण कायम राखेको छ । यो डोनेट्स्कको रुस–नियन्त्रित गढको बाहिरी क्षेत्रबाट करिब पाँच किलोमिटर टाढा छ । सहर कब्जा गर्नाले रुसलाई उसको आक्रामक दृष्टिकोणको दोस्रो वार्षिकोत्सवका रूपमा दुर्लभ जित प्रदान गर्नेछ । रुसमा मार्चमा राष्ट्रपति निर्वाचन हुँदैछ ।