राष्ट्रिय सरोकार समितिको बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने



काठमाडौं । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने भएका छन् । बैठक अहिले सिंहदरबारस्थित समितिको हलमा ११ बजे बस्दैछ ।

विगतमा समितिले नेपाल सरकारलाई दिएका निर्देशन र ध्यानाकर्षण गराएका विषयहरूको हालसम्मको कार्यान्वयनको अवस्था साथै समितिको निरन्तर छलफलबाट पहिचान गरिएका सवालहरूमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डलाई बोलाइएको समितिले जनाएको छ ।