राष्ट्रिय समन्वय परिषदको बैठक बस्दै



काठमाडौँ । राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकमा उपलब्ध मुख्यमन्त्रीहरू तथा स्थानीय तहका प्रतिनिधि सहभागी हुने छन् ।


परिषद्को पहिलो बैठक गत असारमा पोखरामा बसेको थियो । उक्त बैठकले संघीयता कार्यान्वयनका लागि देखिएका समस्या ६ महिनाभित्र हटाउने लगायतका निर्णय गरेको थियो ।

परिषदले संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध व्यवस्थित गर्ने काम गर्दछ ।