राष्ट्रिय सभाको अध्यक्षमा हाम्रो सशक्त दाबी छ: वर्षमान पुन



काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रिय सभाको अध्यामा ठूलो दलको हैसियतले आफ्नो पार्टीको स्वभाविक दाबी रहने बताएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सो कुरा बताएका हुन् । राष्ट्रिय सभाच अध्यक्ष संवैधानिक परिषद्को सदस्य हुने भएकाले पनि वर्तमान सरकार परिवर्तनपछि संवैधानिक परिष्दमा आफ्नो दलको उपस्थितिका लागि राष्ट्रिय सभाको नेतृत्व माओवादीले पाउनुपर्ने बताए ।


‘राष्ट्रिय सभा अध्यक्ष प्राकृतिक रुपले माओवादी केन्द्रले दाबी गर्छ। यसमा हाम्रो दाबी रहन्छ’, उनले भने, ‘कोसी प्रदेशमा सत्ता गठबन्धन सफल भएन। अहिलेको शक्ति सन्तुलन मिलाउन पनि माओवादीले राष्ट्रिय सभाको अध्यक्ष पाउन पर्छ।’