४० बुँदे माग प्रधानमन्त्रीलाई बुझाएर राप्रपाले सुरू गर्‍यो आन्दोलन (पूर्णपाठ)



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीलाई ४० बुँदे ज्ञापनपत्र बुझाएको छ । बुधबार अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर ज्ञापनपत्र बुझाएको हो ।

राप्रपाले राजसंस्था र हिन्दूराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति लगायतका माग राखी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।


राप्रपाले राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न ४० बुँदे माग राखी बुधबार काठमाडौंमा प्रधानमन्त्रीलाई र सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।