राष्ट्रियसभा अध्यक्षको चयनमा विवाद हुँदैन : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रियसभाको अध्यक्षको चयनमा विवाद नहुने बताएका छन् ।

बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रियसभाको अध्यक्षको चयनमा गठबन्धनबीच सहमति हुने विश्वास व्यक्त गरे । उनले उक्त पदमा दलहरूको दावी रहनु स्वभाविक रहेको भन्दै औपचारिक रुपमा त्यस विषयमा कुनै छलफल नभएको जिकिर गरे ।


त्यस्तै अध्यक्ष नेपालले अहिले प्रधानमन्त्रीलाई काम गर्न दिनुपर्ने भन्दै प्रधानमन्त्री परिवर्तनको कुरा गर्ने बेला नभएको जिकिर गरे । उनले प्रधानमन्त्रीलाई आवश्यक परे मन्त्रिमण्डल हेरफेर गर्न सक्ने बताए ।

त्यस्तै नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अहिलेको अवस्थामा राष्ट्रियसभाको अध्यक्षमा माओवादीको दावी रहेको बताए । राष्ट्रियसभामा माओवादी पहिलो दल भएकाले शक्ति सन्तुलनका आधारमा अध्यक्ष चयन गर्नुपर्ने बताए । उनले यस विषयमा अन्य दलहरूसंग छलफल गररै अघि बढ्ने बताए ।

त्यस्तै कांग्रेस नेता रामहरि खतिवडाले राष्ट्रियसभाको अध्यक्षमा कांग्रेसको दावी रहेको र कृष्ण सिटौला नै अध्यक्ष बन्ने दावी गरे ।

उनले छिटै गठबन्धनको बैठक बसेर यस विषयमा औपचारिक निर्णय हुने जानकारी दिए ।