राष्ट्रपति पाएपछि कांग्रेस उत्ताउँलिएको छ : केपी ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पाएपछि नेपाली कांग्रेस उत्ताउलिएको टिप्पणी गरेका छन् ।

बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले सो टिप्पणी गरेका हुन् । उनले भने ‘हामीले प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि कांग्रेसले राष्ट्रपति देऊ अरू सबै लैजाऊ भनेर भन्यो । राष्ट्रपति पाएपछि कांग्रेस उत्ताउँलिएको छ । किन उत्ताउँलिएको हो । त्यो थाहा छैन । आफ्नो हैसियत पनि कांग्रेस बुझ्दैन । अब आउँदो निर्वाचनमा के हुन्छ त्यो थाहा छैन । अनि विधान संशोधनको कुरा गर्छ’ ।


यस्तै उनले प्रतिगमनका लागि कांग्रेसलाई कसैले पनि साथ दिन नसक्ने बताए । कांग्रेस प्रतिगामी सोचमा अगाडि बढिरहेको उनको आरोप छ ।