मैत्रीपूर्ण खेलमा चिनियाँ टिममाथि नेपाली टिमको शानदार जित



काठमाडौँ । मैत्रीपूर्ण खेलमा नेपाली युवा टिमले चीनको छिङ हाइ युसुलाई ५–१ ले हराएको छ ।

चिनिया नयाँ वर्षको अवसरमा आयोजना गरिएको मैत्रीपूर्ण खेलमा नेपाली यू-२३ टिमले खेलेको थियो । नेपालको जितमा समीर तामाङले २ गोल गरेका थिए भने सन्जिव विष्ट, छिरिङ लामा र नीराजन धामीले एक एक गोल गरेका थिए । 


चीनका लागि एक मात्र गोल झाछि पेङकुओले गरेका थिए ।यस चिनियाँ टिमको यो विदेशी भूमिमा पहिलो खेल हो ।