माओवादी केन्द्रको स्थायी समिति बैठक जारी



काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ। बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बसिरहेको हो ।

आजको बैठकले केन्द्रीय समिति बैठकमा पेश गर्ने एजेण्डा तय गर्नेछ । यसबाहेक सरकार, पछिल्ला राजनीतिक घटनाक्रम र सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमको विषयमा समेत छलफल भइरहेको नेताहरूको भनाई छ।


माओवादी केन्द्रीय समिति बैठक आइतबार र सोमबार बस्दैछ।