माओवादीको केन्द्रीय समिति बैठक जारी



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक जारी छ । केहि बेरअघिबाट सुरु भएको बैठकमा ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’को रिपोर्ट प्रस्तुत गर्ने कार्य भइरहेको छ ।

बैठकमा प्रदेश इञ्चार्ज र प्रदेश अध्यक्षहरूले रिपोर्ट प्रस्तुत गरिरहेको माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।


बैठकमा केन्द्रीय सदस्यहरू, केन्द्रीय आयोगका सदस्य, विभागका पदाधिकारी र जेष्ठ कम्युनिस्ट मञ्चका सदस्यहरू सहभागी छन् ।