भारतीय मोडेल पूनम पाण्डेको निधन



काठमाडौँ । भारतीय मोडेल पूनम पाण्डेको निधन भएको छ ।  परिवारजनले उनको इन्स्टाग्राम ह्यान्डलमार्फत पूनमको निधन भएको जानकारी दिएका हुन् । उनी ३२ वर्षकी थिइन् । 

म्यानेजर निकिता शर्माले दिएको जानकारी अनुसार पूनम पाठेघरको क्यान्सरबाट ग्रसित थिइन् । उनको शुक्रबार बिहान निधन भएको जानकारी दिइएको छ । पूनम सामाजिक सञ्जालमा गर्ने पोस्ट र मोडलिङबाट परिचित थिइन् । त्यस्तै उनी रियालिटी टेलिभिजन शो ‘लकअप’ बाट समेत चर्चामा आएकी थिइन् ।