बौद्धिक चोरीको आरोप लागेका खनिँया उपकूलपतिको सर्टलिस्टमा कसरी ? प्रधानमन्त्रीले जवाफ दिनुपर्छ: सांसद सुमना



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले त्रिविको उपकूलपति नियुक्तिको विवादबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएकी छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य दतथा सूचना समितिको बैठकमा बोल्दै रास्वपाकी सहमहामन्त्रीसमेत रहेकी श्रेष्ठले नयाँ उपकूलपतिको सर्टलिस्ट सार्वजनिकप्रति आपत्ति जनाईन् । उनले वौद्धिक चोरीको आरोप लागेका त्रिविका पूर्व उपकूलपति तिर्थराज खनिँयाको समेत नाम समावेश गरिएकोप्रति विरोध जनाईन् ।


‘अयोग्य ठहरिनुपर्ने, बौद्धिक चोरी गर्ने व्यक्ति कुन हिसाबले नैतिकवान मानिन्छ ?’, उनले भनिन्, ‘यहाँ किन कसैको उजुरी परेन भनिएको ? किन छनबिन भएनरु यो एकेडेमीक पोजिसन हो। बौद्धिक चोरीको मान्छे कसरी भिसी हुन सक्छ ?’

उनले अगाडि भनिन्, ‘मन्त्रीज्युको कार्यसम्पादनमै शंका भयो। यहाँ प्रधानमन्त्रीज्यु नै चाहियो। गोप्य कोठामा गएर काम भयो भन्दैमा हुँदैन। चोरी भनेको चोरी नै हो।’

त्रिविमा सपटक कुनैपनि राजनीतिक भागबन्डा नगर्न रास्वपाले सरकारलाई ध्यानाकर्षण गराउँदै आएको छ । तर, केही दिनअघि प्राप्त आवेदनमध्ये १४ जनाको नाम सर्टलिस्टमा राखेपछि विभिन्न क्षेत्रका विज्ञहरुले विरोध जनाईरहेका छन् ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामका उपकूलपति बनेका ेनपाली कांग्रेसका नेतासमेत रहेका खनिँया फेरिपनि राजनीतिक शक्तिको प्रयोग गरेर उपकूलपतिको पद हत्याउने प्रयासमा लागेका छन् ।

यता शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले भने त्रिविको भिसि नियुक्रिमा कुनैपनि राजनीतिक चलखेल नभएको र विवाद नै नरहेको दाबी गरेका छन् । ‘कुनै राजनीतिक हस्तक्षेप भएको छैन। गोप्य कोठा बनाइएको छ’, उनले समिति बैठकमा भने, ‘त्यहाँ तालाबन्दी र डकुमेन्ट सिलबन्दी गरिएको छ। त्यहाँ मेरिटोक्रेसी शैली अपनाएर काम गरेका छौँ।’