बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतका शाखा अधिकृत पक्राउ



काठमाडौं । काठमाडौं जिल्ला अदालतका शाखा अधिकृत गोपाल गजमेर पक्राउ परेका छन् । गजमेरले आफूलाई बलात्कार गरेको भन्दै एक युवतीले जाहेरी दिएपछि गोपाललाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ ।

बलात्कारको कसुर गरेको जाहेरी परेपछि गोपाल गजमेरलाई पक्राउ गरी अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको ललितपुर प्रहरीका प्रवक्ता एसपी नवराज कार्कीले जानकारी दिए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


गजमेरविरुद्ध गत माघ २९ गते जिल्ला प्रहरी परिसर ललितपुरमा जबरजस्ती करणीको जाहेरी दर्ता भएको थियो । जाहेरी दर्ता भएलगत्तै गजमेरलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

गजमेर यसअघि उच्च अदालत पाटनमा कार्यरत रहँदा सोही कार्यालयमा करारमा काम गर्ने एक कर्मचारीसँग नजिकिएका थिए । ती युवतीसँग नजिकिएका गजमेरले आफूलाई गत माघ १८ गते करणी गरेको भन्दै जाहेरी परेको प्रहरकिो भनाइ छ ।