बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आइतबार प्रतितोला १ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले बढेर १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदि प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।