प्रचण्ड र देउवाले एमालेलाई ललीपप देखाएर धूर्त खेल खेले: केपी अ‍ोली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेलाई लालिपप देखाएर सिद्धान्त, नीति छाड्छौं भन्नेजस्तो धूर्त खेल देखाएको आरोप लगाएका छन् ।

आजबाट सुरु भएको एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष अ‍ोलीले राष्ट्रिय सभा निर्वाचनलाई देखाएर टीआरसी विधेयकसँग प्रचण्ड देउवाले एमालेसँग खेल्न खोजेको बताएका छन् । उनले राष्ट्रिय सभामा सत्ता गठबन्धनसँग एमालेले सीट नमागेको प्रष्ट पारे ।


‘उहाँहरूले हमीलाई लालिपप देखाएर सिद्धान्त, नीति छाड्छौं भन्नेजस्तो धूर्त खेल देखाउनुभयो । उहाँहरू प्रचण्ड, देउवाले बोलाए अनुसार गयौं, साक्षीको बिन्दुमा पुगेपछि नसकिने भन्नुभयो’ ओलीले भने, ‘कुनै पनि हालतमा गर्छौं भनेको कुरा अरु सहयोगीले मानेनन् भन्नेजस्तो कुरा राख्नुभयो । हामी आफ्ना नीति र दृष्टिकोणमा प्रष्ट थियौं ।’

उनले प्रचण्ड र देउवाले ललीपप देखाएर सिद्धान्त र नीति छाडेर मिल्छौं भन्ने खेल खेल्न खोजेको टिप्पणी गरे ।

ओलीले भने, हामीले उहाँहरूले भनेजस्तै बैठक बस्यौं तर अन्तिममा प्रचण्ड र देउवाले भनेको कुरा अरु सहयोगीले मानेनन् रे ’