पोखराको बाल सुधार गृहमा झडप हुँदा तीन घाइते



काठमाडौं । पोखराको बालसुधार गृहमा सोमबार राति झडप भएको छ । पोखरा–१८, ग्यारजतीमा रहेको बाल सुधार गृहमा भएको झडपमा तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

झडपका क्रममा २ जनाको टाउकोमा चोट लागेको छ भने एक जना सामान्य घाइते छन् । ‘हिजो राति १० बजेतिर खाना खाने लाइन लाग्ने क्रममा विवाद भएको थियो । घाइतेहरुलाई मणिपालमा उपचारपश्चात डिस्चार्ज भइसकेका छन्,’ प्रहरीले भन्यो । उनीहरुलाई उपचारपश्चात सुधार गृहमा लगिसकिएको छ ।


हाल देशभर ८ वटा सुधार गृह छन्, तीमध्ये ४ वटा युसेफ नेपाल नामक गैरसरकारी संस्थाको व्यवस्थापनमा चलिरहेको छ । कम उमेर हुँदा राखिएकाहरु १८ वर्ष नाघेपछि पनि त्यहीँ हुँदा समस्या देखिएको जानकारहरु बताउँछन् ।