काठमाडौं। नेप्से परिसूचक पौने २१ अंकले घटेको छ ।
बिहीबार २०.७६ अंकले घटेको सेयर बजार २००५.८३ विन्दुमा पुगेर बन्द भएको छ ।
यसदिन ३०९ कम्पनीको ९५ लाख १८ हजार ७५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २० करोड ६१ लाख ६७ हजार २५ रुपैयाँको कारोबार भएको छ ।
यसदिन ४९ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको सेयर मूल्य घटेको छ भने २ वटा कम्पनीको स्थिर छ ।