नेपाल बीमा प्राधिकरणले माग्यो १६ जना कर्मचारी



काठमाडौं । नेपाल बीमा प्राधिकरणले १६ जना जनशक्ति माग गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै प्रशासन र कानुन तर्फ सहायक निर्देशक र सहायक प्रथम गरि कुल १६ जना जनशक्ति माग गरेको हो।

प्राधिकरणले प्रशासनतर्फ अधिकृत तृतीय श्रेणीमा १० जना, कानुन तर्फ अधिकृत तृतीय श्रेणीमा २ जना, प्रशासनतर्फको सूचना प्रविधि अन्तर्गत अधिकृत तृतीयमा १ जना र प्रशासनतर्फको सहायक प्रथममा ३ जना गरि कुल १६ जना जनशक्ति माग गरेको हो । प्राधिकरणले इच्छुक तथा योग्य नेपाली नागरिकलाई फागुन २६ गतेसम्म र दोब्बर दस्तुर तिरेर चैत्र ३ गतेसम्म आवेदन दिन सकिने जनाएको छ।


प्राधिकरणका अनुसार अधिकृत तृतीय श्रेणीका पदका लागि दरखास्त पेस गर्ने अन्तिम मितिसम्म २१ वर्ष पूरा भएको र ३५ वर्ष उमेर ननाघेको साथै महिला उम्मेदवारको हकमा ४० वर्ष उमेर ननाघेको हुनुपर्नेछ । त्यस्तै सहायक प्रथम पदका लागि दरखास्त पेस गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भएको र ३५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ साथै महिला उम्मेदवारको हकमा ४० वर्ष उमेर ननाघेको हुनुपर्नेछ। बीमा प्राधिकरणमा कार्यरत स्थायी कर्मचारीको हकमा उमेरको हद लाग्ने छैन ।