नेदरल्याण्डसविरुद्ध नेपालले पहिले बलिङ गर्दै



काठमाडौँ । नेपालले जारी त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा आज नेदरल्याण्डससँग खेल्दै छ । टियु मैदानमा हुने यो खेलमा नेपालले टस जितेको छ ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै नेदरल्याण्डसले पहिला ब्याटिंग गर्ने भएको छ ।  


मंगलबारदेखि शुरु भएको सिरिजमा नेपालले पहिलो खेलमा नामिबियासँग २० रनको हार बेहोरेको थियो । त्यस्तै नेदरल्याण्डसले भने सिरिजमा पहिलो खेल खेल्दै छ । 

नेपाली टिममा आज दुई परिवर्तन गरिएको छ । आज अविनाश बोहोरा र विवेक यादवको ठाउमा ललित राजबंशी र प्रतिश जिसी प्लेइङ एघारमा सामेल गरिएको छ ।  

नेपाली प्लेइङ ११– रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी र प्रतिस जिसी ।