नेदरल्याण्डसले नेपाललाई दियो १८५ रनको लक्ष्य



काठमाडौँ । नेदरल्याण्डसले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ । जारी त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनाएको हो ।

नेदरल्याण्डसका लागि माइकल लेभिटले ५४ रन बनाएका थिए । लेभिटले यसै खेलमा आफ्नो टी-२० अन्तराष्ट्रिय डेभ्यु गर्दै अर्धशतकीय पारी खेलेका हुन् । त्यस्तै सिब्राण्ड एंगेलब्रेचटले अविजित ४९ रन बनाए भने कप्तान स्कट एडवार्ड्सले ३३ रन बनाए भने तेजा निदामनुरुले ३१ रन बनाएका थिए ।


त्यसैगरी नेपाली बलर करण केसी र कुशल मल्लले एक एक विकेट लिएका थिए । नेपालले २ विकेट रनआउटको रुपमा लिएको थियो ।