नेकपा एमाले धादिङको जिल्ला अधिवेशनमा विवाद, अधिवेशन स्थगित नभएको एमाले धादिङ अध्यक्षको दाबी



काठमाडौं । नेकपा एमाले धादिङको जिल्ला अधिवेशनमा विवाद भएको छ ।

बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको विज्ञप्ति जारी गरेलगत्तै जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जिल्ला अधिवेशन स्थगित नभएको बताएका छन् । त्रिपाठीले विज्ञप्ति जारी गरी केही अनधिकृत व्यक्तिले अधिवेशन स्थगित भएको भनी सामाजिक संजालमा भ्रम फैलाएको बताएका छन् ।


विज्ञप्तिमा भनिएको छ, ‘केही अनाधिकृत उच्छृङ्खल व्यक्तिले अधिवेशनको थप कार्यक्रम स्थगित भएको भनी सामाजिक सन्जाल र मिडियामा फैलाएको भ्रमप्रति नेकपा एमाले धादिङको ध्यानाकर्षण भएको छ । बन्द सत्रको कार्यक्रम निरन्तर सन्चालन भइरहेको व्यहोरा अवगत गराउँदै सम्बन्धित सबैलाई यो भ्रममा नपर्न अनुरोध गर्दछु ।’