नापी कार्यालय ललितपुरका सर्वेक्षक र मालपोतका नासुसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक र मालपोत कार्यालय ललितपुरका नासुसहित ५ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

जग्गाको कित्ताकाट र नामसारी गरिदिने बाहनामा सेवाग्राहीसँग घुस लिएको दाबीसहित अख्तियारे शुक्रबार पाँच जनाविरूद्ध मुद्धा दायर गरेको हो । यसअघि उनीहरूलाई २ लाख ५० हजार घस लिएको अवस्थामा अख्तियारको टोलीले फागुन ९ गते पक्राउ गरेको थियो ।


अख्तियारले नापी सर्वेक्षक रामवीर यादव, मालपोत कार्यालय ललितपुरका नासु प्रदीप पौडेल, बिचौलिया विनोद अधिकारी, लेखापढी व्यवसायी आशिषराज बस्नेत र लेखापढीको काम गर्ने दिनेश बन्जाराविरूद्ध मुद्दा दायर गरेको हो ।