थापाथलीको प्रसूति गृहबाट बच्चा चोरी



काठमाडौं । काठमाडौंको थापाथलीको प्रसूति गृहबाट बच्चा चोरी भएको छ ।

काभ्रेपलाञ्चोक चौरीदेउराली गाँउपालिका-३ घर भई काठमाडौंको कपन बस्ने वर्ष २२ की सबिना श्रेष्ठले बोकिराखेकको अवस्थामा २६ दिनकी छोरीलाई एक अपरिचित महिलाले लगेर फरार भएकी हुन्।


केहीबेर लिने भनेर ती महिला फरार भएकी हुन्। घटना शुक्रबार दिउँसो १२ बजेतिर भएको प्रहरीले जनाएको छ । त्यसपछि करिब १ बजेतिर प्रहरीलाई खबर भएको हो। प्रहरीले अहिले बच्चा लिएर जाने महिलालाई खोजिरहेको छ ।