त्रिविको उपकुलपतिमा योग्यलाई पाखा लगाउँदै पार्टीका आसेपासेको सूची बनाइयोः अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति दलीय भागबन्डा नभइ योग्यताका आधारमा गर्ने भनेर प्रधानमन्त्री पुष्पकमल दाहालले झुटो बोलेको आरोप लगाएका छन् ।

बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीले दलीय भागबन्डा नगरी योग्यताका आधारमा त्रिवि उपकुलपति नियुक्त गर्ने बताए पनि अहिले आएर योग्यलाई पाखा लगाउँदै पार्टीका आसेपासेको सूची बनाइएको आरोप लगाए ।


उनले भने, ‘प्रधानमन्त्रीले अस्ति २–४ पटक नै खोक्नुभयो, गजब खोक्नुभयो, कुराले खोकेको हो त्यो । अब विश्वविद्यालयमा मेरीटोक्रेसी लगाइन्छ दलीय आधारमा हुँदैन भनेर अहिले जुन सर्टलिस्ट उहाँहरुले बनाउनुभएको छ, योग्य जतिलाई छाँट्नुभएको छ ।’

उनले त्रिवि उपकुलपति छनोट हाल प्रक्रियामा छ । सिफारिस समितिले १४ जनाको सूची तयार गरेको छ ।