काठमाडौं । जनता समाजवादी पार्टी नेपालले आसन्न राष्ट्रिय महाधिवेशनका लागि विभिन्न समितिहरू गठन गरेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा केन्द्रीय कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कारिणी समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकले अध्यक्ष यादवको संयोजकत्वमा राजनीतिक प्रतिवेदन मस्यौदा समिति, राजेन्द्र श्रेष्ठको संयोजकत्वमा नीति तथा कार्यक्रम मस्यौदा समिति र विजयकुमार यादवको संयोजकत्वमा आर्थिक श्रोत व्यवस्थापन समिति गठन गरेको छ ।
त्यस्तै पार्टी विधान २०८० को धारा ९७ अनुसारको केन्द्रीय विभागहरू र धारा ९९ अनुसारका पार्टी संयन्त्रहरू गठन, पुनर्गठन, अद्यावधिक र सदस्य सङ्ख्या थप गरी जिम्मेवारी बाँडफाँड गरिएको छ ।