चालु अधिवेशन बढी विधेयक पारित गर्नेमा केन्द्रित हुन्छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदको चालु अधिवेशन बढीभन्दा बढी विधेयक पारित गर्ने कुरामा केन्द्रित हुने टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले संसदको चालु अधिवेशनमा बढीभन्दा बढी विधेयकहरु ल्याउने र पारित गर्ने कुरामा केन्द्रित हुने टिप्पणी गरेका हुन् ।


उनले संसद् अधिवेशनको सुरुवात राम्रो वातावरणमा भएको बताउदै भने- ‘यो अधिवेशन विधेयक अधिवेशन हो । बढीभन्दा बढी विधेयकहरु ल्याउने र पारित गर्ने कुरामा केन्द्रित छ । आज राम्रो वातावरणमा सुरु भएको छ । अब अगाडि बढ्छ ।’

संघीय संसद्‌को दुवै सदनको अधिवेशन आज (सोमबार) देखि सुरु भएको छ र अब प्रतिनिधिसभाको अर्को बैठक माघ २४ गते बुधबार विहान ११ बजे बस्ने छ ।