गाजा युद्ध यता इजरायलमा तीन हजारभन्दा बढी आतङ्कवादी पक्राउ



इजरायल डिफेन्स फोर्सले गाजामा आइरन स्वर्ड्स युद्ध शुरु भएदेखि हालसम्म ३ हजार ६० भन्दा बढी खोजीको सूचीमा रहेका आतङ्कवादीहरू पक्राउ गरेको छ । तीमध्ये १ हजार ३५० भन्दा बढी आतङ्ककारी सङ्गठन हमाससँग सम्बन्धित रहेको सुरक्षा स्रोतले जनाएको छ ।

विभिन्न सैन्य कारबाहीका क्रममा सेनाले सैन्य उपकरणहरू, आगजनीमा प्रयोग गरिने सामग्रीहरू लगायत अन्य हातहतियार र दर्जनौं अवैध सवारी साधनहरू जफत गरेको छ ।