गण्डकी प्रदेशको हिउँदे अधिवेशन फागुन १६ गतेदेखि



पोखरा । गण्डकी प्रदेशको हिउँदे अधिवेशन फागुन १६ गतेदेखि सुरु हुने भएको छ । मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संसद् बैठक आह्वान गरेका हुन् ।

आगामी अधिवेशनका लागि बिउ विजन र आमसञ्चार विधेयक संसदीय समितिमा छलफल भएर ठिक्क पारिएको छ । संशोधनसहितको प्रतिवेदन संसद् सचिवालयमा फिर्ता भैसकेको छ । यस्तै, सरकारले थप २ वटा विधेयक तयार गरेको छ । माघ २९ गते बसेको बैठकले दुवै विधेयकलाई संसद्मा पेस गर्ने निर्णय गरेको छ ।


प्राइभेट फार्म दर्ता ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्न बनेको विधेयक संसद्मा पेस गर्ने निर्णय भएको प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिएकी छन् ।