गठबन्धनमा देखिएका समस्या ढाकछोप गरियो भने स्थायित्वमा प्रश्न उठ्छः महामन्त्री शर्मा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्तारुढ गठबन्धनमा देखिएका समस्याहरु ढाकछोप गर्न नहुने बताएका छन् ।

बिहीबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा पेश भएको महामन्त्री शर्माको राजनीतिक प्रस्तावमा गठबन्धन दलबीच रहेका समस्या खुल्ला छलफल र आपसी विश्वसले मात्रै समाधान हुनसक्ने उल्लेख गरेका छन् ।


शर्माले कांग्रेस–माओवादी नेतृत्वको गठबन्धनको सरकार पाँचै वर्ष टिक्छ भनेर दाबी गरिएपनि समस्याको ढाकछोप गरिए गठबन्धन छोड्न कुनै पनि दल स्वतन्त्र रहेको उनको भनाइ छ ।

‘गठबन्धनको सरकार पाँच वर्ष चल्नुपर्छ भन्ने अपेक्षा, निर्णय र चाहना बोकिरहँदा समस्याको ढाकछोपले होइन खुला छलफल र आपसी विश्वासले मात्र त्यो सम्भव हुने तथ्य भुल्न मिल्दैन, ‘हामीले के हेक्का राख्नैपर्छ भने गठबन्धन छोड्न हामी कुनै पनि दल स्वतन्त्र छौं, तर गठबन्धनमा रहेर स्वतन्त्र गतिविधि गर्न हामी स्वतन्त्र छैनौँ,’– महामन्त्री शर्माले पेश गरेको राजनीतिक प्रस्तावमा भनिएको छ ।