क्यामरुनको दक्षिणपश्चिमको अङ्ग्रेजी भाषी क्षेत्रमा भएको सैन्य कारबाहीमा कम्तीमा ८ जना पृथकतावादी लडाकुको मृत्यु भएको छ ।
सुरक्षा र स्थानीय स्रोतहरूले आइतबार जनाए अनुसार शुक्रबारदेखि शनिबारसम्म उक्त क्षेत्रको अयुकाबा इलाकामा छापा मारेर सैन्य कारबाही गरिएको थियो । सो क्षेत्रमा पुगेर लडाकुहरूले आधार शिविर बनाउने तयारी गरिरहेका बेला सेनाले सूचना पाएर कारबाही गरेको बताएको छ । सेनाले त्यस क्षेत्रबाट ठूलो परिमाणमा हतियार र गोला बारुद समेत बरामद गरेको छ ।
क्यामरुनका अङ्ग्रेज भाषी क्षेत्रमा सरकारी सेना र पृथकतावादी लडाकुहरूबीचको लडाइँ जारी छ ।