सितापाइलामा दुई छोरीसहित महिला मृत फेला



काठमाडौं। काठमाडौंको सितापाइलामा दुई बालिकासहित एक महिला मृत फेला परेका छन्।

काठमाडौं प्रहरी परिसरका अनुसार ३८ वर्षीया महिला तथा उनका ८ र २ वर्षीया छोरीहरु घरको कोठाभित्र मृत फेला परेका हुन्।


उनीहरु मृत्युहरुको कारण भने पत्ता लागेको छैन। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार अहिले परिसरको टोली घट्नास्थलमा पुगेको छ।