कांग्रेसको काठमाडौं जिल्ला सम्मेलन आज, शीर्ष नेताहरूले सम्बोधन गर्ने



काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं जिल्ला सम्मेलन आजदेखि सुरु हुँदै छ । सम्मेलन राष्ट्रिय सभागृहमा बिहान साढे १० बजेबाट सुरु हुने कांग्रेसले जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले सम्मेलनको उद्घाटन गर्नेछन् ।

सम्मेलनमा काठमाडौंका दस वटै निर्वाचन क्षेत्रका प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलनले जिल्लामा सङ्गठनको अवस्था, सुधार गर्नुपर्ने पक्षहरू र पार्टीको भावी रणनीतिका विषयमा छलफल गर्ने जिल्ला सभापति कृष्ण बानियाँले जानकारी दिए । उनका अनुसार उद्घाटन सत्रपछि आजै बन्द सत्र सुरु हुने छ ।