कप्तान रोहित बने ‘प्लेयर अफ द म्याच’



काठमाडौँ । क्यानडाविरुद्धको दोस्रो एकदिवसीय खेलमा कप्तान रोहित पौडेल ‘प्लेयर अफ द म्याच’ बनेका छन् ।

रोहितले क्यानडाविरुद्धको यस खेलमा ८७ रन बनाउदै नेपालको जितको आधार तय गरेका थिए । रोहितले यस खेलमा २ विकेट समेत लिएका थिए ।


रोहित यसअघि सम्पन्न पहिलो खेलमा समेत ‘प्लेयर अफ द म्याच’ बनेका थिए ।

क्यानडाले दिएको २८६ रनको लक्ष्य पछाएको नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेपालले क्यानडाविरुद्धको ३ खेलको सिरिजमा २-० ले अग्रता बनाएको छ र एक खेल अघि नै सिरिज जितेको छ । अब नेपालले तेस्रो खेल सोमबार खेल्ने छ ।