कतार र इजिप्टले गाजामा युद्धविरामका लागि इजरायल–हमास वार्ताको आयोजना गर्ने



इजरायली घेराबन्दी र बमबारीको चपेटामा रहेको गाजा पट्टीमा युद्धविराम गर्ने विषयमा कतार र इजिप्टमा दुई चरणको वार्ता गराउने तयारी गरेको छ। हालैको पेरिस बैठकमा छलफल भएको कुरालाई निरन्तरता दिँदै दोहा र कायरो छलफल इजिप्ट, कतार, संयुक्त राज्य अमेरिका र इजरायलका विशेषज्ञहरूको सहभागितामा हमास आन्दोलनको एक प्रतिनिधिमण्डल पनि सहभागी हुने बताइएको छ ।

दोहा र कायरोमा भएको वार्ताले प्यालेस्टिनी कैदी र इजरायली बन्धकहरूको आदानप्रदानका साथै गाजामा युद्धविराम गर्ने सहमति निकट पुगेको बताइएको छ ।


हमासले गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा घातक आक्रमण गरेपछि इजरायलले गाजामा आक्रमण तीव्र पारेको छ । आक्रमणमा करिब १ हजार २०० इजरायलीहरू मारिएका छन् भने २०० जनाभन्दा बढीलाई बन्धक बनाइएको छ ।

यसअघि इजिप्ट, कतार र संयुक्त राज्यले अमेरिकाले इजरायल र हमास बीच एक हप्ता लामो युद्धविराम मध्यस्थता गरेको थियो । युद्धविराममा प्यालेस्टिनी कैदीहरू र इजरायली बन्धकहरू आदानप्रदानका साथै गाजामा थप मानवीय सहायता वितरण गरिएको थियो।